एक दिवसीय क्रीकेट : नेपालले ओमनसंग भिड्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ माघ २२, बुधबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

माघ २२, काठमाडौ । नेपाल, ओमान र अमेरिका रहेको त्रिकोणात्मक एक दिवसीय अन्तराष्ट्रिय सिरिज आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

एकदिवसीय क्रिकेटको मान्यता पाएको झण्डै दुई बर्षपछि नेपालले घरेलु मैदानमा पहिलो पटक एक दिवसीय सिरिज खेल्न लागेको हो ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले ओमानसँग खेल्न लागेको ऐतिहासिक एकदिवसीय अन्तराष्ट्रिय खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ ।

दुई वर्षअघि नेपालले युएईमा ऐतिहासिक सिरिज खेल्दै उपाधि हात पारेको थियो । त्यसयता नेपालले आधिकारिक ५० ओभरको क्रिकेट खेलेको छैन ।

कीर्तिपुर मैदानमा हुने सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई दुई वटा खेल खेल्नेछ । हालसम्म नेपाल र ओमान ७ पटक एक दिवसीयमा आमने सामने भएका छन् । जसमा नेपाल र ओमान दुवैले समान ३–३ खेल जितेका छन् ।

नेपालले सुरुवाती ३ खेलमा जित हात पारेको थियो । ओमानले पछिल्लो ३ खेलमा नेपाललाई हराएको छ ।

सिंगापुरमा भएको सन् २००२ को एसीसी ट्रफीमा नेपाल र ओमानले पहिलो खेल खेलेका थिए । जसमा नेपालले ओमानलाई १ सय ५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

यस्तै, सन् २०१० को एसीसी इलाईट ट्रफी नेपाल र ओमानको दोस्रो भेट थियो । जसमा नेपालले ६ विकेटको जित हात पार्न सफल भएको थियो ।

नेपालले ओमानलाई अन्तिम पटक सन् २०१३ मा पराजित गरेको थियो । बर्मुडामा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा नेपाल ओमानमाथि २८ रनले विजयी भएको थियो । त्यसयताको भेटमा नेपालले ओमानलाई पराजित गर्न सकेको छैन ।

ताजा अपडेट

९ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस