माघ २४, काठमाण्डौ । शहीद स्मारक ए डिभिजन लिगमा शुक्रबार दुई खेलहरु हुँदैछ । पहिलो खेलमा थ्री स्टार क्लब र सङ्कटा क्लब प्रतिस्पर्धा गर्दैछन् । दोस्रो खेलमा विभागीय टिम नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब खेल्दैछन् ।
सातदोबाटोमा हुने थ्री स्टार र सङ्कटाबीचको खेल बिहान साढे ११ बजे सुरु हुनेछ । उपाधि होडबाट बाहिरिसकेको थ्री स्टारको अबको लक्ष्य भनेको शीर्ष ६ मा रहनु हो । अहिले १७ अङ्कसहित चौथो स्थानमा रहेको थ्री स्टार तेस्रो स्थानसम्म पुग्न सक्नेछ । यो खेलमा जित हात पारेको खण्डमा थ्री स्टार तेस्रो स्थानमा उक्लिनेछ ।