माघ २४,काठमाडौँ । संकटालाई हराउदै थ्रि स्टार तेस्रो स्थानमा उक्लिएको छ । शहिद स्मारक ए डिभिजन लिगको तेस्रो चरणको खेल सकिदा थ्रि स्टारले शुक्रबार संकटालाई १ – ० ले हराउदै थ्रि स्टार तेस्रो स्थानमा उक्लिएको हो ।
६१ औँ मिनेटमा अनन्त तामाङले हानेको बलले जाली चुमेपछि थ्रि स्टारले जित सुनिश्चित गरेको छ । ११ खेलबाट २० अंक जोड्दै थ्रिस्टार तेस्रो स्थानमा छ ।