फाल्गुण १४, काठमाण्डौ । बङ्गलादेशमा हुने एशिया एघार र विश्व एघारबीचको स्पर्धाका लागि नेपाली क्रिकेटर सन्दीप लामिछाने चयन भएका छन् । बङ्गलादेशले आयोजना गर्ने उक्त प्रतियोगितामा एशिया र विश्व एघारबीच तीन म्याचको टी ट्वान्टी श्रृखंला खेलाइनेछ ।
बङ्गलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमल हस्सनले खेलाडीको नाम सार्वजनिक गर्दै सन्दीप लामिछानेले खेल्ने सुनिश्चित भएको छ । लामिछानेले अष्ट्रेलियाको बिग बैश लिग र घरेलु एकदिवसीय श्रृखंलामा अमेरिका विरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनको आधारमा बङ्गलादेश क्रिकेट बोर्डले नेपाल क्रिकेट संघसँग पत्राचार गर्दै सन्दीपलाई एशिया एघारबाट खेल्न प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमा सन्दीपले सहमति जनाएपछि मात्रै एशिया एघारका खेलाडीको सूची सार्वजनिक गरिएको छ ।