आहा रारा गोल्डकपमा पुलिस सेमिफाइनलमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ फागुन २५, आईतबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

फाल्गुण २५, पोखरा । आयोजक सहारा क्लबलाई टाइब्रेकरमा ४–२ ले निराश पार्दै विभागीय टोली नेपाल पुलिस क्लब १८औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा शनिबार भएको खेलमा निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समय थपिएको थियो। अतिरिक्त समयमा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस