फाल्गुण २७, काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिगमा लेस्टर सिटी विजयी भएको छ । सोमबार राति भएको खेलमा लेस्टरले एस्टन भिल्लालाई चार–शून्यले हरायो । भिल्ला पार्कमा भएको खेलमा घरेलु टिमको जितमा हार्बी बार्नेस र जेमी भार्डीले दुई–दुई गोल गरे ।
जितसँगै लेस्टरले तेस्रो स्थानको सिट मजबुत बनाएको छ । लेस्टरले चौथो स्थानको चेल्सीविरुद्ध पाँच अङ्कको अग्रता लिएको छ भने दोस्रो स्थानको म्यान्चेस्टर सिटीसँगको दुरी चार अङ्कमा छोट्याएको छ ।