आहा–रारा गोल्डकपको उपाधिका लागि पुलिस र मनाङ भिड्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ फागुन २९, बिहिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फाल्गुण २९, पोखरा । १८औँ सस्करणको आहा रारा गोल्डकपको उपाधिका लागि विभागीय टोली नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी प्रतिस्पर्धा गर्ने भएका छन् । बिहीबार भएको दोस्रो सेमिफाइनलमा मनाङले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–२ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

पोखरा रंगशालामा भएको खेलमा मनाङलाई जित दिलाउन लोरेन्ट, विमल राना र अञ्जन विष्टले एक–एक गोल गरे । आर्मीका भरत खवास र दीपकुमार लामाले एक–एक गोल फर्काए । मनाङले अब उपाधिका लागि पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल शनिबार हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस