पोखरा फुटबल रङ्गशालाको दर्शक क्षमता २० हजार पुर्‍याइने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ चैत्र २, आईतबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

चैत्र २, पोखरा । पोखरामा निर्माणाधीन फुटबल रङ्गशालामा अघिल्लो सम्झौताभन्दा तीन हजार ५०० सिट थप गरिने भएको छ । खरामा निर्माणाधीन देशकै सबैभन्दा ठूलो फुटबल रङ्गशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । गत वर्ष फागुन अन्तिम साता १६ हजार ५०० दर्शक क्षमताको अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशाला चार महीनामा बनाउने लक्ष्यसहित शिलान्यास भएकामा लामो समय रङ्गशालाको ढाँचा तयार नहुँदा काममा ढिलाइ भएको थियो ।
हाल निर्माणाधीन रङ्गशालाको ९० प्रतिशत हाराहारी काम सकिएको बताइन्छ। आगामी १५ चैतभित्रमा सम्पन्न गर्ने गरी म्याद थप गरिएको थियो । रङ्गशालामा अघिल्लो सम्झौताभन्दा तीन हजार ५०० सिट थप गरिने भएको छ । पर्यटकीय तथा फुटबल आकर्षण रहेको शहर पोखरामा कम्तीमा पनि २० हजार क्षमताको रङ्गशाला निर्माण गर्न खेलकर्मीले माग गर्दै आएका थिए ।

राष्ट्रिय खेलकुद परिषद्९राखेप०का सदस्य सचिव रमेशकुमार सिलवालले आगामी तीन महीनाभित्रमा २० हजार दर्शक क्षमताको प्यारापिट तयार गर्ने गरी काम अघि बढेको बताए । यहाँको फुटबल माहोल, प्राकृतिक सुन्दरता आदिका कारणले रङ्गशालाको क्षमता वृद्धि गर्ने योजनामा पुगिएको उनको भनाइ थियो । रासस

ताजा अपडेट

खोजी गर्नुहोस