चिनियाँ कम्युनिष्ट पार्टीको पतनको लागि फुटबल स्टार हेड्गको आह्वान

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ जेष्ठ २७, मंगलबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

जेठ २७, काठमाण्डौ । एक सेवानिवृत्त चिनियाँ फुटबल स्टारले खुलेआम चीनको सत्तारूढ कम्युनिष्ट पार्टीको पतनको लागि आह्वान गरेका छन । सिएनएनमा प्रकाशित समाचार अनुसार उनले आफ्नो आह्वानलाई जीवनको सबैभन्दा ठूलो र सही निर्णय भनेका छन् । हाओ हेड्ग, सन् १९९० र सन् २००० को दशकमा चीनका लाखौं फुटबल प्रशंसकहरू बीचमा घर घरमा चिनीने नाम थिए । थोरै समयका लागि अंग्रेजी क्लब शेफील्ड युनाइटेडमा पनि खेलिसकेका उनी हालका वर्षहरूमा तुलनात्मक रूपमा कमै मैदानमा देखिन्छन् । उनले निर्वासित चिनियाँ टाइकुन र चिनियाँ सरकारको कडा आलोचक गुओ वेन्गुइको यूट्यूब च्यानलको दुई भिडियोमा सवैलाई अचम्मीत पार्ने अभिब्यक्ति दिएका छन् ।

हङकङमा ५० बर्षसम्म एक देश, दुई प्रणाली सिद्धान्त अपरिवर्तित राख्ने हङकङसंगको प्रतिबद्धता चीनले उल्लघन गरेको र हङकङको प्रजातन्त्र र स्वतन्त्रतालाई क्रुरतापूर्वक निमोठ्न खोजेको आरोप समेत लगाएका छन् । चिनियाँ खेलकुदका सफल स्टारले कम्युनिष्ट पार्टीको यस्तो चर्को सार्वजनिक निन्दा गर्नु र पतनको लागि खुल्लम खुल्ला आह्वान गर्नु एकदम दुर्लभ हो । चीनमा जसले चिनियाँ कम्युनिष्ट पार्टीको सार्वजनिक रूपमा आलोचना गर्छन् वा लोकतान्त्रिक सुधारको माग गर्छन् उनीहरूलाई लामो समयसम्म जेल सजाय दिइन्छ ।

हाओ सामाजिक र खेलकुद मुद्दाहरूका प्रखर वक्ता हुन्, तर गत बिहीबारसम्म कम्युनिष्ट पार्टीलाई सीधा चुनौती दिएका थिएनन् । शुक्रबार चीनको विदेश मन्त्रालयका प्रवक्ता गेग सुआङ्गले हाओको भनाइलाई वाहियात भनि टिप्पणी गरेका छन् । युट्यूब चीनमा प्रतिबन्धित छ । तर चिनियाँ सोशल मिडियामा बिहीबार दिउँसो, हाओको असाधारण सार्वजनिक टिप्पणीहरूको समाचार द्रुत गतिमा फैलदै थियो, जुन आश्चर्यजनक छ । चीनको ट्विटरको संस्करण ुव्यइबोु मा हाओको खाता हटाइएको जस्तो देखिएकव पनि सिएनएनले जनाएको छ ।

संवेदनशील वर्षगांठ
हाओले बोलेको भिडियोमा यो स्पष्ट थिएन कि उनी कहाँबाट बोलेका हुन् भनेर । तर उनले चिनियाँ क्यालेन्डरको राजनीतिक रूपले संवेदनशील मितिको ३१औं वार्षिकोत्सवको दिन उक्त भिडियो रिलीज गरेका छन् । जून ४, १९८९ मा बेइजिङ्गको तियानमेन स्क्वायर वरिपरि प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरुलाई चीनको सैन्य फौजले नरसंहार गरेका दिन हो ।

हाओको दोस्रो भिडियोमा उनी र उनकी श्रीमती ये झाओइ, जो पूर्व ब्याडमिन्टन च्याम्पियन पनि हुन्, उनको साथ ५३ मिनेटको अन्तर्वार्ता प्रस्तुत गरिएको थियो । आज मैले चिनियाँ कम्युनिष्ट प्रणालीको बिरूद्ध बोलेको सबैभन्दा आधारभूत बिषय भनेको मलाई लाग्छ कि चिनियाँ जनता र चिनियाँको भविष्यलाई अब यसबाट कुल्चनु हुँदैन, उनले अन्तर्वार्तामा भने ।

हाओ चीनियाँ राष्ट्रिय फुटबल टीमका एक स्टार थिए जब उनले २००२ मा एकमात्र विश्वकपमा प्रदर्शन गर्ने अवसर पाएका थिए। दशक लामो अवकाश पछि पनि चीनका पूर्व स्ट्राइकर हाओको नाममा अझै राष्ट्रिय टोली र चिनियाँ लिगका लागि चिनियाँ हालसम्मकै शीर्ष स्कोररको रेकर्ड कायमै छ ।

ताजा अपडेट

खोजी गर्नुहोस