नुवाकोट बेलकोटगढीमा हाप्किडो संघको जुनियर पेटी परिक्षण तथा आत्मरक्षा तालिम सम्पन्न

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ चैत्र ९, सोमबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

चैत्र ९, काठमाण्डौ । नुवाकोट हाप्किडो संघ अन्तर्गत बेलकोटगढि नगरपालिका वडा नम्बर ३ मा रहेको शाखा डोजाङ लक्ष्मेश्वरी मा.वि.को खेलाडीहरुको पेटि परिक्षण तथा सेल्फडिफेन्स अभिमुखिकरण एवम् खेलाडी सम्मान कार्यक्रम सम्पन्न भएको छ । २ सय ६ जना सहभागी खेलाडिमा १ सय ६४ जना खेलाडीहरुले परिक्षणमा सहभागी भएका थिए ।

कार्यक्रममा संविधानसभा सदस्य तथा नेकपा माओवादि केन्द्रका केन्द्रिय सदस्य विमला सुवेदी, अनेरास्ववियु अखिल क्रान्तिकारी अध्यक्ष रन्जित तामाङ,राम प्रसाद ढुंगाना, समाजसेवी जगत बहादुर गुरुङ,नबिन पुडासैनी, वडा ३ का अध्यक्ष जनक कुमार घिमिरे, वडा सदस्य कौशिला पुडासैनी, नेपाल मार्शल आर्ट्स हाप्किडो संघका सरीका पुन, चिफ कोच, नेपाल मार्शल आर्ट्स हाप्किडो संघका सुस्मिता गुरुङ, बाग्मति प्रदेश हाप्किडो संघ अध्यक्ष जिवन थापा मगर, लक्ष्मेश्वरी मा.वि.विद्यालय व्यवस्थापन अध्यक्ष शम्भु पनेरु,नुवाकोट हाप्किडो संघ अध्यक्ष मनोज लामा, पत्रकार तथा हास्य कलकार एम.जि तामाङको बिषेश आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथीका रुपमा आएका संविधानसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य विमला सुवेदीले हाप्किडो खेल आत्मरक्षाको लागी राम्रो सिकाई रहेको बताईन् । उनले अन्य खेलहरु जस्तै यो हाप्किडो खेलमा बिद्यार्थीहरुको आकर्षण निकै राम्रो देखिएको बताईन् । समाजमा घटिरहने महिला हिँसाका घटनामा पनि यसलाई आत्मरक्षा गर्न प्रेसरत गर्ने उनको भनाई थियो । फरक प्रसंगमा उनले नेकपा माओवादी अहिले सबैको रोजाईमा परेको बताईन् । देशमा पछिल्लो समय एकता भंग भएपछि सरकार बनाउन नेकपा माओवादी सबैको रोजाईमा परेको बताईन् ।

कार्यक्रमका बिषेश अतिथी समाजसेवी जगत् लामाले नुवाकोट क्षेत्रको समग्र बिकासका लागी अझै पनि क्रियाशिल रहेको बताए । नुवाकोट बेलकोटगढी नगर वडा नम्बर ३ , ४ लगायतमा बिकासको गतिलाई तिब्रता दिएका समाजसेवी लामाले अझै पनि बिकासका धेरै काम गर्न बाँकी रहेको बताए । उनले बिकासले मात्र समृद्धि आउने भन्दै बिस्तारै फट्को मार्नुपर्ने बताए । वडा नम्बर ४ मा सुकुमान मोमोरियल अस्पताल स्थापना गरेर समाजसेवामा अग्रणी भुमिका खेलेका लामा अहिले पनि उत्तिकै सक्रिय रहेका छन् ।

कार्यक्रम गर्नको लागि आर्थिक तथा भौतिक रुपमा सहयोग गर्ने बेलकोट्गढि नगरपालिका, वडा नम्बर ३ को कार्यलयप्रति आयोजकले धन्यवाद दिएको छ । खेलाडी र खेलकुदको विकास र विस्तारको निमित्त सहयोग गर्ने सम्पुर्ण सहयोगि मनहरुमा नुवाकोट हाप्किडो संघ तथा सम्पुर्ण खेलाडीहरुको तर्फबाट आभार समेत ब्यक्त गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस