नेपालले नेदरल्यान्ड्स र मलेसियासँग त्रिदेशीय सिरिज खेल्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ चैत्र १३, शुक्रबार (४ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

चैत्र १३, काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिदेशीय सिरिज खेल्ने भएको छ । नेपालले नेदरल्यान्ड्स र मलेसियासँग त्रिदेशीय सिरिज खेल्ने तयारी भएको क्यानले जनाएको छ ।

प्रतियोगिता टियु क्रिकेट मैदानमा अप्रिल मध्यतिर सिरिज खेल्नेछ । क्यानले केही दिनअघि नै सिरिजको मिति सार्वजनिक गर्ने तयारी गरे पनि नेपालमा कोरोना भाईरसको महामारीको दोस्रो चरणको संक्रमण बढेकाले मिति सार्वजनिक नभएको निकट स्रोतले जनाएको छ । कोरोनाले सिरिज नरोकिने निश्चित भएमा खेलाडीलाई तत्कालै बन्द प्रशिक्षणमा राखिने छ । यसको टुंगो केही दिनमै लगाउने तयारी भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस