चैत्र १५, काठमाडौं । नेपाल थ्रि नेशन्स कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा बंगालेदशसँग गोल रहित बराबरी खेलेपछि नेपालले फाइनलमा स्थान बनाएको हो ।
गत मंसिरमा बंगलादेशसँग उसकै मैदानमा भएको दुइ मैत्रीपूर्ण खेलमा नेपालले एक खेल दुइ शून्यले हार्दा एक खेल गोल रहित बराबरी खेलेको थियो । थ्रि नेशन्स कपको फाइनल सोमबार हुनेछ ।