चैत्र १८, काठमाडौ । पाहुना टोली बंगलादेशविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज न्युजिल्याण्डले हात पारेको छ । नेपियरमा मंगलबार भएको दोस्रो खेलमा बंगलादेशलाई डीएल पद्धतिको आधारमा २८ रनले पराजित गर्दै न्युजिल्याण्डले सिरिज एक खेल अगाबै जितेको हो ।