ललितपुर मेयर महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ चैत्र २४, मंगलबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

चैत्र २४, काठमाडौ । ललितपुर मेयर महिला च्याम्पियनसिप टी २० क्रिकेटमा आज दुई खेल हुँदैछन्। आज हुने पहिलो पहिलो खेलमा ललितपुर मेयर ११ र एपीएफ भिड्नेछन् भने दोस्रो खेलमा प्रदेश १ र सुदूरपश्चिम प्रदेश भिड्नेछन्। दुबै खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुनेछन् ।

पहिलो खेलमा जारी प्रतियोगितामा अपराजित एपीएफले एक जित र एक हार ब्यहोरेको ललितपुर मेयर्सलाई हराउँदै लगातार तेस्रो जित निकालेर फाइनलमा स्थानमा सुरक्षित रहने योजनामा हुनेछ। त्यस्तै ललितपुर आफ्नो दोस्रो जितको खोजीमा हुनेछ ।

त्यस्तै आजै हुने दोस्रो खेलमा प्रदेश १ र सुदूरपश्चिम भिड्नेछन्। एक जित र एक हार ब्यहोरेका दुबै टोली फाइनलको होडमा कायम रहन जितको खोजीमा हुनेछन्। प्रदेश १ ले आफ्नो पहिलो खेलमा एपीएफसँग पराजय ब्यहोरेको थियो भने दोस्रो खेलमा लुम्बिनी प्रदेशमाथि जित निकालेको थियो। त्यस्तै सुदूरपश्चिमलाई पहिलो खेलमा ललितपुर मेयर्सलाई हराएको थियो भने दोस्रो खेलमा ललितपुरसँग पराजित भएको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस