काठमाण्डौ । मोरङको विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज दोस्रो क्वाटरफाइनल खेल हुँदै छ ।सेमिफाइनल प्रवेशका लागि ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लब र भारतको पञ्जाब पुलिस भिड्न लागेका हुन् । खेल बेलुका ७ बजेपछि विराटनगरस्थित सहीद रङ्गशालामा सुरु हुनेछ ।
पञ्जाब पुलिसले पहिलो चरणमा गोरखा ब्वाइज लाई हराएर क्वाटरफाइनलको यात्रा तय गरेको थियो भने मच्छिन्द्र सिधै बाई पाएर अन्तिम आठमा पुगेको हो । प्रतियोगितामा तीन भारतीय क्लब र क्यामरुनको अफ्रिकन रुटसहित १० टोलीको सहभागिता रहेको छ ।