धनगढी नेपाल सुपर लिगको फाइनलमा पुग्यो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ बैशाख २९, बुधबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

बैशाख २९, काठमाडौ । धनगढी एफसी काठमाडौंमा जारी नेपाल सुपर लिग एनएसएल फ्रेञ्चाइज कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । पहिलो प्ले अफमा काठमाडौं रेजर्सलाई हराउँदै धनगढी फाइनलको यात्रा तय गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङशालामा आज सम्पन्न पहिलो प्ले अफमा धनगढीले काठमाडौंलाई २–१ ले हराएको हो । निर्धारित समय १–१ को बराबरीमा सम्पन्न भएपछि ३० मिनेट थप गरिएको अतिरिक्त समयमा धनगढीका लागि विशाल राईले उत्कृष्ट गोल गर्दै धनगढीलाई २–१ को अग्रता दिलाए । विशालको उक्त गोल नै धनगढीको काठमाडौंमाथि जितसँगै फाइनलमा पुर्याउन पर्याप्त भयो । यसअघि लिग चरणमा समेत धनगढीले काठमाडौंलाई ३–० को सहज जित हात पारेको थियो ।

पहिलो प्ले अफमा हार बेहोरेको काठमाडौं रेजर्सले पुनः एक अबसर पाउनेछ । दोस्रो प्ले अफको विजेतासँग काठमाडौंले पुनः स्पर्धा गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस