जेठ २, काठमाण्डौ । लेष्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा चेल्सीलाई १।० गोल अन्तरले पराजित गर्दै लेष्टरले पहिलो पटक उपाधि जितेको हो ।
क्लब स्थापनाको १ सय ३७ वर्षे इतिहासमा लेष्टरले पहिलो पटक एफए कप जितेको हो । हारसँगै चेल्सीको भने नवौं पटक उपाधि जित्ने सपना विफल भएको छ ।