नेपाल सुपर लिग फुटबलको उपाधि काठमाण्डौ रेजर्सले उचाल्यो, धनगढी एफसी १–० गोलले पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ जेष्ठ २, आईतबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

जेठ २, काठमाण्डौ । नेपाल सुपर लिग एनएसएल फुटबलको उपाधि काठमाण्डौ रेजर्सले जितेको छ । दशरथ रंगशालामा भएको खेलमा धनगढी एफसीलाई १–० गोलले हराउँदै काठमाण्डौले उपाधि जितेको हो । काठमाण्डौको जितमा २१ औं मिनेटमा विदेशी खेलाडी मेसौके ओलोमोउले गोल गरे । खेल अवधिभर धनगढीले गोल गर्ने उत्कृष्ट मौका बनाए पनि सदुपयोग गर्न सकेन ।

आजको जितसँगै काठमाण्डौले प्रतियोगितामा धनगढीसँग दुईपटक हारेको बदला पनि लिएको छ । आजको खेललाई राष्ट्रिय टोलीका दुई उत्कृष्ट गोलकिपर किरण चेम्जोङ र विकेश कुथुबीचको प्रतिस्पर्धाका रुपमा पनि लिइएको थियो, जसमा कुथुले बाजी मारे । प्रतियोगिताको विजेता काठमाण्डौले ३५ लाख रुपैयाँ र उपविजेता धनगढीले १५ लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस