चाइनिज ताइपेइविरुद्ध नेपालको सहज जित, एसिया कप छनोट सम्भावना कायम !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ जेष्ठ २१, शुक्रबार (३ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

जेठ २१, काठमाण्डौ । विश्वकप तथा एसिया कप छनोट फुटबल अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले दोस्रो सफलता हासिल गरेको छ । नेपालले दोस्रो पटक चाइनिज ताइपेइलाई पराजित गरेको हो । कुवेतमा बिहीबार राति भएको खेलमा नेपाल २–० गोल अन्तरले विजयी भयो । यसअघि पनि नेपालले ताइपेइलाई २–० गोल अन्तरले नै हराएको थियो । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाललाई जित दिलाउन अन्जन विष्ट र नवयुग श्रेष्ठले एक एक गोल गरे ।

खेलको चौंथो मिनेटमै अन्जनले पेनाल्टी प्रहारलाई गोलमा परिणत गर्दै नेपाललाई अग्रता दिलाएका थिए । सन्तोष तामाङको फ्रिकिकलाई रोक्ने क्रममा चेङ्ग हाओले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । यसअघि नेपाललाई जिताउने क्रममा पनि अञ्जनले गोल गरेका थिए । खेलको ८१ औं मिनेटमा सब्स्टिच्युट खेलाडी नवयुगले गोल गर्दै नेपाललाई २–० गोल अन्तरले जिताए ।
अब नेपालले जेठ २४ मा जोर्डन र २८ मा एसियाली पावर हाउस अष्ट्रेलियाको सामना गर्नेछ ।
नेपालले सन् २०२२ को कतार विश्वकपका लागि छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाइसकेको छ । तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै सन् २०२३ को चीन एसिया कप छनोटको तेस्रो चरणमा स्थान बनाउने अवसर कायमै रहेको छ ।

जितसँगै छनोटको समूहको बी मा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको चौंथो स्थानमा रहेको छ । तालिकामा अष्ट्रेलिया अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ । अष्ट्रेलियाले बिहीबार रातिको खेलमा कुवेतलाई ३–० गोल अन्तरले हरायो ।

५ खेलबाट शत्प्रतिशत जितसहित १२ अंक जोडेको अष्ट्रेलिया शीर्ष स्थानमा छ । ६ खेलबाट १० अंकको कुवेत दोस्रो तथा ५ खेलबाट १० अंकको जोर्डन तेस्रो स्थानमा छ । शीर्ष तीन टिमले एसिया कप छनोटको तेस्रो चरणमा ठाउँ बनाउने छन् । पाँच टोली रहेको यो समूहमा अंकविहीन रहँदै पुछारमा रहेको चाइनिज ताइपेइको यो छैटौं हार हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस