युरोकप छनोट अघिको मैत्रीपूर्ण खेलमा रुसले बुल्गेरिया पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ जेष्ठ २३, आईतबार (३ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

जेठ २३, काठमाण्डौ । युरोकप छनोट अघिको मैत्रीपूर्ण खेलमा रुसले बुल्गेरियालाई हराएको छ । गएराति भएको खेलमा रुसले बुल्गेरियालाई १–० गोलले पराजित गरेको हो । उसका लागि सोभोलेभले ८४औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । फिफा वरीयतामा रुस ३८औं स्थानमा छ भने बुल्गेरिया ७१औं स्थानमा रहेको छ ।

यस्तै गएराति नै भएको अर्को खेलमा वेल्स र अल्बानिया गोलरहित बराबरीमा रोकिएका छन् । विश्व वरियतामा १७औं स्थानको वेल्सले ६६औं स्थानको अल्बानियालाई हराउन सकेन । यस्तै स्वीडेनले अर्मानियालाई ३–१ गोलले हराएको छ । युरोकप फुटबल आगामी शुक्रबारदेखि सुरु हुँदैछ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस