युरो कप खेलमा समूह चरणमा नेदरल्यान्ड्सको शत प्रतिशत नतिजा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ अषाढ ८, मंगलबार (३ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

असार ८, काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत गए रातो भएको समूह ‘सी’को खेलमा नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियालाई ३।० गोलले पराजित गरेको छ । नेदरल्यान्ड्सको राजधानी आमस्टरड्याममा भएको समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सले जित निकाल्दै समूह चरणमा शत प्रतिशत जित निकाल्न सफल भएको हो ।

आफ्नो तीनवटै समूह चरणको खेलमा पराजय भोगेको नर्थ म्यासेडोनिया युरो कप २०२० बाट बाहिरिएको छ। नेदरल्यान्ड्स भने समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस