युरोकपको १६ मा पुग्ने टोली कुन-कुन छन् ?

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ अषाढ १०, बिहिबार (३ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

असार १०, काठमाण्डौ । युरोकप फुटबलमा अन्तिम १६ अर्थात नकआउट चरणमा पुग्ने सबै टोलीको टुंगो लागेको छ । गएराति समूह चरणका सबै खेल सकिएसँगै अन्तिम १६ को टुंगो लागेको हो ।

निकै रोमाञ्चक मानिएको समूह एफबाट फ्रान्स, जर्मनी र पोर्चुगल नकआउट चरणमा पुगेका छन् । गएराती पोर्चुगल र फ्रान्सले २–२ गोलको बराबरी खेलेपछि फ्रान्स पाँच अंकका साथ समूह विजेता बन्दै अघिल्लो चरणमा पुग्यो । निकै रोमाञ्चक खेलमा पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमा २ गोल गरे भने फ्रान्सका करिम बेन्जिमाले पनि दुई गोल गरे ।

यस्तै हंगेरीसँग बराबरी खेलेको जर्मनी पनि चार अंकसहित नकआउटमा पुग्दा चारै अंक रहेको पोर्चुगल उत्कृष्ट तीनभित्र पर्दै अन्तिम १६ मा पुगेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस