कोपा अमेरिका फुटबलमा उरुग्वेको पहिलो जित दर्ता

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ अषाढ ११, शुक्रबार (३ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

असार ११, काठमाण्डौ । कोपा अमेरिका फुटबलमा उरुग्वेले पहिलो जित दर्ता गरेको छ । बिहान भएको खेलमा बोलिभियालाई २–० गोल अन्तरले पराजित गर्दै उरुग्वेले पहिलो जिता दर्ता गरेको हो । समूह ए मा रहेको उरुग्वेले अहिलेसम्म ३ खेल खेलेकोमा एकमा जित, एकमा हार र एकमा बराबरी गरेको छ ।

जितपछि उरुग्वे ४ अङ्कका साथ तेस्रो स्थानमा छ भने बोलिभिया पुछारमा छ । समूह ए कै अर्को खेलमा अहिले बसहान पौने ६ बजे चिली र पाराग्वे खेल्दैछन् । तीन खेलमा पाँच अङ्क जोड्दै चिली दोस्रो र दुई खेलमा तीन अङ्क जोडेको पाराग्वे चौथो स्थानमा छ । यो समूहमा अर्जेन्टिना ७ अङ्कका साथ शीर्ष स्थानमा छ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस