भारतको सेमिफाइनल सम्भावना जिवितै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ कार्तिक २०, शनिबार (३ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

कार्तिक २०, काठमाडौँ । टी–ट्वेन्टी विश्वकप क्रिकेटमा भारतले आफ्नो सेमिफाइनल प्रवेशको सम्भावना कायमै राखेको छ । गएराति भएको खेलमा स्कटल्यान्डलाई ८ विकेटले हराउँदै भारतले सेमिफाइनल प्रवेश गर्ने सम्भावना कायमै राखेको हो ।

स्कटल्यान्डले दिएको ८६ रनको झिनो लक्ष्य भारतले ६ ओभर ३ बलमा केवल दुई विकेटको क्षतिमा पुरा गरेको छ । उसको जितमा केएल राहुलले ५० रन र रोहित शर्माले ३० रन जोडे । कटल्यान्डका ब्राड ह्वील र मार्क वाट्टले एक–एक विकेट लिए ।

यस अघि ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले १७.४ ओभरमा सबै विकेट गुमाएर केवल ८५ रन बनाउन सक्यो । स्कटल्यान्डका जर्ज मुन्सीले सर्वाधिक २४ रन जोडे ।

भारतका मोहम्मद सामी र रविन्द्र जडेजाले समान तीन–तीन विकेट हात पारे । जसप्रित बुमराहले दुई तथा रविचन्द्रन आश्विनले एक विकेट लिए ।

जितसँगै भारतले चार खेलबाट चार अंक जोडेको छ । भारतले दुई खेलमा जित र दुई खेलमा पराजय भोगेको छ ।

यस समूहबाट चार खेल जित्दै पाकिस्तान सेमिफाइनलमा प्रवेश गरिसकेको छ भने चारमध्ये तीन खेल जितेको न्यूजिल्यान्ड दोस्रो स्थानमा रहेको छ । अफगानिस्तानको पनि चार खेलमा चार अंक छ । तर रनरेटमा भारत अघि छ । स्कटल्यान्डले भने खेलेका चारवटै खेलमा पराजय भोगेको छ ।

भारतले आफ्नो अन्तिम खेल नामिविया तथा न्यूजिल्यान्डले अफगानिस्तानको सामना गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस