कात्तिक २६,धादिङ । जिल्लाको धुनिवेशीमा दोस्रो धुनिवेशी मेयर कप कराते प्रतियोगिता हुन लागेको छ । धादिङ धुनिवेशी डोजोको आयोजनामा मँसिर ११ गते (शनिबार) नगरपालिकाको वडा नम्बर–१ स्थित भन्ज्याङपोखरीमा प्रतियोगिताको आयोजना हुन लागेको हो ।
सो कार्यक्रमको संयोजकको रुपमा मिथुन घिसिङ रहेका छन् । उनि धुनिवेशी डोजोका अध्यक्ष समेत हुन् ।
प्रतियोगिताको मुख्य सहयोगीको रुपमा धुनिवेशी नगरपालिका रहेको छ भने राष्ट्रिय खेलकुद परिषद नेपाल, नेपाल कराते डो महासँघ, विश्व कराते महासँघ, एसियन कराते महासँघ लगायतले पनि प्रतियोगितालाई विभिन्न किसिमबाट सहयोग गर्ने आयोजकले जनाएको छ ।