आहा रारा गोल्डकपः आजदेखि सेमिफाइनलका खेल

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ माघ १२, बुधबार (३ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

माघ १२, पोखरा । पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज बुधबार पहिलो सेमिफाइनल खेल हुँदैछ । पोखरा रंगशालामा हुने पहिलो सेमिफाइनलमा मछिन्द्र फुटबल क्लब र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।

आज दुबै टिम जित निकाल्दै फाइनल पुग्न चाहन्छ । यस खेलको विजेताले फाइनलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । मछिन्द्रले साविक विजेता संकटा क्लबलाई ४-१ गोल अन्तरले हराएर एपीएफसँगको भेट पक्का गरेको हो । मछिन्द्र पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।

एपीएफले बीवाईएससी मिनेसोटा युएसएलाई ३-१ गोल अन्तरले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो ।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ ।

ताजा अपडेट

७ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस