विश्व कप फुटबल: पोल्यान्डलाई हराउँदै फ्रान्स क्वाटरफाइनल प्रवेश

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ मंसिर १९, सोमबार (२ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

मंसिर १९,काठमाडौँ । पोल्यान्डलाई हराउँदै फ्रान्स विश्व कप फुटबल २०२२ को क्वाटर फाइनल (अन्तिम ८) पुगेको छ ।

कतारको अल थुमामा स्टेडियममा भएको खेलमा फ्रान्सले पोल्यान्डलाई तीन-एक गोलले हरायो । पहिलो हाफमा १-० गोलको अग्रता लिएको फ्रान्सले दोस्रो हाफमा थप दुई गोल गर्यो । फ्रान्सका ओलिभर जिरुडले ४४ औँ तथा केलियन एमबाप्पेले ७४ औँ र ९१ औँ मिनेटमा गोल गरे । पोल्यान्डका लागि रोबर्ट लेवान्डोस्कीले दोस्रो हाफको इन्ज्युरी समयमा पेनाल्टीमार्फत गोल गरे ।

फ्रान्सका जिरुडले एक गोल गर्दै देशका लागि सर्वाधिक गोलकर्ता बनेका छन् । जिरुडले गोल सङ्ख्या ५२ पुर्याएका छन् । उनले लिजेन्ड थिएरी हेनरीको कीर्तिमानलाई तोडेका हुन् । हेनरीको गोल सङ्ख्या ५१ छ ।

यो खेलमा दुई गोल गर्दै २३ वर्षीय एमबाप्पेले विश्व कपमा गोल सङ्ख्या नौ पुर्याएका छन् । यो विश्व कपमा उनको यो पाँचौँ गोल हो । एम्बाप्पे २३ वर्षको उमेरमा विश्व कपमा ९ गोल पूरा गर्ने पहिलो खेलाडी पनि बनेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस