तेस्रो धुनिवेशी मेयर कप करातेमा धुनिवेशी डोजो प्रथम !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ पौष ३, आईतबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

पौष ३, काठमाण्डौ । तेस्रो धुनिवेशी मेयर कप कराते प्रतियोगितामा धुनिवेशी डोजो प्रथम भएको छ । धादिङ धुनिवेशी डोजोको आयोजनामा धुनिबेशी नगरपालिका वडा नम्बर १ भन्ज्याङपोखरीमा भएको प्रतियोगितामा विभिन्न ३८ वटा पदकहरु जित्दै धुनिवेशी डोजो प्रथम भएको हो । धुनिबेशीले प्रतियोगितामा स्वर्णपदक ११ वटा, रजत पदक १० वटा र काश्य पदक १७ वटा गरि ३८ वटा पदक जितेको हो ।

यस्तै प्रतियोगितामा बिग बुद्ध डोजो दृतिय भएको छ । बिग बुद्ध स्वर्ण ५, रजत ३ र काश्य ५ गरी १३ पदक सहित दृतिय भएको हो । यस्तै प्रतियोगितामा सामरी डोजो नुवाकोट तृतिय भएको छ । सामरी डोजो स्वर्ण ४, रजत २ र काश्य ५ गरी ११ पदक सहित तृतिय भएको हो ।

प्रतियोगितामा प्रथम, दृतिय र तृतिय हुने समुह तथा व्यक्तिलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै महिला तथा पुरुष तर्फ उत्कृष्ट भएका खेलाडीलाई पनि शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा विभिन्न ९ वटा डोजोको सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस