साफ यू–२० महिला च्याम्पियनसिप : उपविजेतामा सीमित भयो नेपाल

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ माघ २७, शुक्रबार (२ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

माघ २७, काठमाण्डौँ । साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल आयोजक बंगलादेशसँग पराजित भएको छ ।

ढाकास्थित वीरश्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा बिहीबार भएको फाइनलमा नेपाल बंगलादेशसँग ३–० गोल अन्तरले पराजित भएको हो ।

फाइनलमा पराजित भएसँगै नेपाल उपविजेता बनेको छ । बंगलादेश भने अपराजित रहँदै च्याम्पियन बनेको छ । बंगलादेशको जीतमा शाहिदा अक्टर रिपा, शामसुनाहर जुनियर र उन्नोती खातुनले एक–एक गोल गरे । खेलको ४२ औं मिनेटमा रिपाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएकी थिइन् ।

पहिलो हाफको इञ्जुरी समयमा शामसुनाहरले गोल गर्दै बंगलादेशको अग्रता २–० बनाइन् । त्यसपछि खेलको ८७ औं मिनेटमा खातुनले गोल गर्दै बंगलादेशको जीत पक्का गरिन् । राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस