यू-१९ विश्वकपको एशिया छनोट खेल्न जाने क्रिकेट टिमको बिदाइ

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ फागुन १०, बुधबार (२ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

फागुन १०, काठमाण्डौँ । यू-१९ विश्वकपको एशिया छनोट खेल्न यूएई जाने क्रिकेट टिमको बिदाइ गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद राखेपमा आयोजना गरिएको कार्यक्रममा राखेप र नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीले टोलीलाई बिदाई गरेका हुन् ।

यू(१९ नेपाली क्रिकेट टिमले यूएईमा २४ फेब्रुअरीदेखि २ मार्चसम्म हुने यु–१९ विश्वकपको एशिया छनोट खेल खेल्नेछ । जसमा नेपालले हङकङ, कुवेत, मलेसिया, सिंगापुर, युएईसँग खेल्नेछ । तीमध्येको विजेता एउटा टिमले सन् २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस