झापा गोल्ड कपको उपाधि त्रिभुवन आर्मी क्लबलाई

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ फागुन १७, बुधबार (२ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

फागुन १६,काठमाडौँ । प्रथम मुस्ताङ भद्रपुर झापा गोल्ड कपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । मङ्गलवार भएको फाइनल खेलमा मच्छिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै आर्मीले उपाधि जितेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि थप १४ मिनेट अतिरिक्त समय खेल खेलाइएको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । जितसँगै आर्मीले १३ लाख र उपविजेता बनेको मच्छिन्द्रले ७ लाख रुपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगितामा उत्कृष्ट गोलरक्षकमा आर्मीका समित श्रेष्ठ, उच्च गोलकर्तामा मच्छिन्द्रका सुजल श्रेष्ठ र चर्च ब्वाइजका आशिस चौधरी, उदीयमान खेलाडीमा मच्छिन्द्रका सौरव राई, उत्कृष्ट प्रशिक्षकमा आर्मीका राजु तामाङ घोषित भए । उनीहरूले नगद २५ हजार रुपैयाँ पाए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठ भए । उनले नगद एक लाख रुपैयाँ पाए । विजेता र उपविजेतालाई कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पुरस्कार हस्तान्तरण गरेका थिए ।

यसैबीच आयोजकले लाइफटाइम अचिभमेन्ट अवार्ड स्वरूप पूर्वफुटबलर गम्भीर राईलाई एक थान मोटरसाइकल प्रदान गर्‍यो ।

ताजा अपडेट

खोजी गर्नुहोस