नेपाली महिला फुटबल टोलीको फिफा वरीयतामा ३ स्थान सुधार

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ चैत्र ११, शनिबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत्र ११,काठमाडौँ । नेपाली महिला फुटबल टोलीको फिफा वरीयतामा ३ स्थान सुधार भएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय ९फिफा० ले आज शुक्रवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले ३ स्थान सुधार गरेको हो । नयाँ वरीयतामा नेपाल १ हजार २ सय ५ अङ्कका साथ १ सयौँ औँ स्थानमा उक्लिएको छ । यसअघि नेपाल १ सय ३ औँ स्थानमा थियो ।

एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २० औँ स्थानमा छ । आज सार्वजनिक गरिएको वरीयतामा अमेरिका शीर्ष स्थानमा यथावत् छ भने जर्मनी दोस्रो तथा स्विडेन तेस्रो स्थानमा छ । इङ्ल्यान्ड चौथो, फ्रान्स पाँचौँ, क्यानडा छैटौँ र स्पेन सातौँ स्थानमा छन् । यस्तै नेदरल्यान्ड्स आठ, ब्राजिल नवौँ र अस्ट्रेलिया दशौँ स्थानमा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस