एसीसी प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ चैत्र १५, बुधबार (२ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

चैत्र १५,काठमाडौँ । नेपालमा आयोजना हुने एसीसी प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले बुधबार २१ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो । जसमा यू–१९ राष्ट्रिय टिमका कप्तान देव खनालसमेत छन् । टोलीमा नेपालले पछिल्लो समय लिग टु खेलेका सबै खेलाडीहरु समावेश छन् ।

१० राष्ट्र सम्मिलित प्रिमियर कप अप्रिल १८ देखि मे १ सम्म हुनेछ । समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई रहेका छन् ।

दुवै समूहमा शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनल पुग्ने छन् । विजेता टोली एसिया कपका लागि छनोट हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस