आईपीएल क्रिकेटमा गुजरातले लखनउलाई ५६ रनले हरायो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० बैशाख २४, आईतबार (२ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

बैशाख २४,काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले लखनउ सुपर जायन्ट्सलाई ५६ रनले हराएको छ ।

अहमदाबादमा गुजरातले दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको लखनउले ७ विकेट गुमाएर १ सय ७१ रन मात्रै बनायो । लखनउका लागि क्वीनटन डि ककले सर्वाधिक ७० र केल मेयर्सले ४८ रन बनाए ।

बलिङतर्फ गुजरातका मोहित शर्माले ४ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको गुजरातका शुभमन गिलले नटआउट ९४ रन बनाए भने ऋद्धिमान साहले ८१ रन बनाए ।

पोहोर र अहिलेका चारवटै खेलमा गुजरातले लखनउलाई हराउन सफल भएको छ । गुजरात ११ खेलमा १६ अङ्कसहित शीर्ष स्थानमा कायमै छ । ११ अङ्क रहेको लखनउ तेस्रो स्थानमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस