वैशाख, १९ काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई फराकिलो रनले हराएको छ । बिहीबार जयपुरको स्वामी मानसिंह स्डेडियममा भएको खेलमा मुम्बईले राजस्थानलाई एक सय रनले हराएको हो ।
मुम्बईले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको राजस्थान १६.१ ओभरमा १ सय १७ रनमै अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा आर्चरले ३० रन बनाए ।
मुम्बईका लागि करण शर्मा र टेन्ट बोल्टले ३–३ तथा जसप्रित बुमराहले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङमा आएको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रन बनाएको थियो । ओपनर रायन रिकल्टले ६१ रन र रोहित शर्माले ५३ रन बनाए ।
राजस्थानका महेश थीक्षाना र रियान परागले समान एक विकेट लिए ।
जीतसँगै मुम्बई ११ खेलमा १४ अङ्क जोड्दै शीर्षस्थानमा उक्लिएको छ । ११ खेलमा ६ अङ्कका साथ आठौं स्थानमा रहेको राजस्थानको प्लेअफमा पुग्ने सम्भावना सकिएको छ ।
आईपीएल क्रिकेटमा आज गुजरात टाइटन्स र सनराइजर्स हैदराबाद खेल्दैछन् ।