गुजरातले हैदराबादलाई हरायो, आज बेङ्गलुरु र चेन्नई भिड्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ बैशाख २०, शनिबार (२० घण्टा अघि)
  • ७२ पटक पढिएको
गुजरातले हैदराबादलाई हरायो, आज बेङ्गलुरु र चेन्नई भिड्ने

वैशाख २०, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई हराएको छ । नरेन्द्र मोदी रंगशालामा शुक्रबार भएको खेलमा हैदराबाद ३८ रनले हारेको हो ।

जीतका लागि दुई सय २५ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ८६ रन बनायो । हैदराबादका लागि अभिषेक शर्माले ७४ रन बनाए ।

गुजरातका मोहम्मद सिराज र प्रसिद्ध कृष्णाले समान दुई तथा इशान शर्मा र गेराल्ड कोट्जेले समान एक विकेट लिए ।

त्यसअघि गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २४ रन बनाएको थियो । कप्तान शुभमन गिलले ७६ रन बनाए । त्यस्तै जोश बट्लर ६४ र साई सुदर्शनले ४८ रनमा बनाए ।

हैदराबादका जयदेव उनादकटले तीन विकेट लिए ।

यो जीतसँगै गुजरातको १० खेलमा १४ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । हैदराबाद समान १० खेलमा ६ अङ्कसहित नवौं स्थानमा छ ।

आईपीएल क्रिकेटमा आज बेङ्गलुरुमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र चेन्नई सुपर किङ्ग्स खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

बेङ्गलुरु १० खेलमा १४ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । चेन्नई समान १० खेलमा चेन्नईको ४ अङ्कसहित तालिकाको पुछारमा छ । चेन्नई यसअघि नै प्लेअफ होडबाट बाहिरीसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस