भारतका प्रधानन्यायाधीशले पाए सफाइ

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ बैशाख २४, मंगलबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

बैशाख २४, काठमाडौँ । भारतका प्रधानन्यायाधीश रञ्जन गोगोईले यौन दुव्र्यवहारको आरोपमा सफाइ पाएका छन् ।

न्यायाधीशहरूको तीन सदस्यीय छानबिन समितिले प्रधानन्यायाधीशमाथि लागेको आरोपमा कुनै सत्यता नभएको ठहर गरेको हो ।

प्रधानन्यायाधीश रञ्जनमाथि सर्वोच्च अदालतकै एक पूर्वकर्मचारीले गत अप्रिल १९ मा यौन दुव्र्यवहारको गरेको आरोप लगाएकी थिइन् ।

प्रधानन्यायाधीशमाथि नै गम्भीर आरोप लागेपछि सर्वोच्च अदालतको पूर्णइजलासले वरिष्ठ न्यायाधीश शरद अरविन्द बोबडेको संयोजकत्वमा तीन न्यायाधीश सम्मिलित छानबिन समिति बनाएको थियो । समितिले प्रधानन्यायाधीश र पीडित भनिएका महिलासँग बयान लिएको थियो । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस