मध्यरातमा एटीएम भित्र यौन उत्पीडन, युवतीले बनाइन् भिडियो

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ बैशाख ३०, सोमबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

बैशाख ३०, काठमाडौँ । भारतको मुम्बईमा युवतीमाथि एक व्यक्तिले एटीएम रुम भित्र यौन उत्पीडन गरेका छन् । युवती मध्यराति ढाई बजे एक म्यूजिक शोबाट आफ्नो घर फर्किरहेकी थिइन् ।

घर नजिकै पुग्ने क्रममा उनी अटोरिक्साको पैसा दिनका लागि एटीएम गएकी थिइन् । ती युवतीले यो घटनाबारे आफ्नो ट्विटर र ईन्स्टाग्राममा लेखेकी छन् । उनले भनेकी छन् यो घटना मेरो बर्थडेका दिन घटेको थियो ।

मध्यरातमा युवतीको एटीएमले काम गरेन । त्यहीबेला एटीएममा एक व्यक्ति आए र उनले मद्दत गर्ने बताए । ती युवतीले उनको मद्दत इन्कार गरिन् ।

अटो चालकले आफ्नो भाडा नपाएपछि सामान्य विवाद भयो । प्रहरी आयो । युवतीले आफ्नो कुरा प्रहरीलाई भनिन् । यसपछि युवती फेरि रकम निस्कने आशामा एटीएम भित्र गइन् ।

दोस्रो पटक पैसा निकाल्ने प्रयास गरिरहेका बेला ती व्यक्ति युवतीलाई पछ्याउदै फेरि एटीएम भित्र छिरे र युवतीमाथि यौन उत्पीडन गर्न थाले ।
युवती चिल्लाइन् र मोबाइल फोन झिकेर भिडियो बनाउन थालिन् । भिडियो बनाउन थालेको थाहा पाएपछि युवकले सुईकुच्चा ठोके ।

युवतीले नजिकैको प्रहरीलाई खबर गरिन् । प्रहरीले पिछा गरेर युवकलाई पक्राउ गर्यो ।

पक्राउ परेका युवक सन्दीप दीप कुम्भरकर हुन् ।

उनले रक्सीको नशामा आफूले यो कुकृत्य गरेको स्वीकार गरेका छन् । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस