असार १७,काठमाडौँ । चीनको ग्रामीण उत्तरी प्रान्त सिन्चियाङमा गिरफ्तारी क्याम्पको संख्या केहीबर्षदेखी बढ्दो क्रममा छ। तथ्याङक अनुसार उक्त क्याम्पमा कम्तिमा १० लाख युग्युर मुस्लिमलाई राखिएको बेलायती पत्रिका न्यू स्टेट्स्मनले जनाएको छ।
चिनियाँ मुस्लिम अल्पसंख्यकमाथि चीनले निरन्तर उनीहरुको पहिचान र स्वतन्त्रता खोसिरहेको छ। यो होलोकउस्ट यताकै सबैभन्दा ठूलो गिरफ्तारी हो। यो न त कुनै सञ्चारमाध्यमको समाचार बन्छ न त कुनै प्रमुख कूटनीतिक वा राजनीतिक मुद्दा नै।
यस किसिमको व्यवहारले चीनको शासन प्रणाली कति कठोर छ भन्ने कुरालाई देखाएको छ। चीन आफ्नो अर्थतन्त्रको प्रयोग गर्दै अन्तर्राष्ट्रिय आलोचनालाई साम्य पार्ने दिशामा अघि बढिरहेको छ। तर, उसले सिन्चियाङमा विदेशीको प्रवेशमा भने निकै कडाइ गरेको उक्त पत्रिकामा उल्लेख छ।
विदेशी मुलुकमा बेलायतले युग्युरको विषयमा आवाज उठाउने गरेको छ। यस विषयमा चीनमा केही मात्रामा परिवर्तन त आइरहेको छ भने आवश्यक मात्रामा भने परिवर्तन आउन सकेको छैन। चीनको उक्त क्षेत्रमा अत्यधिक मात्रामा क्यामेराको निगरानी रहने गरेको छ।
यो क्षेत्रमा कुनै विदेशी वा मुस्लिम गतिविधि गरेको पाइएमा उनीहरुलाई तत्काल जेल हालिन्छ। युग्युर अभियानकर्ताका साथी तथा आफन्त र विदेशी पत्रकार पनि बेलाबेलामा चीनमा पक्राउ पर्ने गरेका छन्। इजिप्ट, मलेसिया र पाकिस्तानजस्ता मुलुकले आफ्ना विद्यार्थीलाई चीन पढ्न पठाउने गरेका छन्। जसमध्ये केही त्यतै हराएका छन्।
यस महीनाको शुरुमा यूएनको मानव अधिकार परिषद्मा बेलायत र टर्कीले मात्र चिनियाँ युग्युरको मानव अधिकार उलंघनको विषयमा आवाज उठाएका थिए। तर, त्यसपछि खासै कसैले पनि यसलाई महत्व दिएनन्।
यस विषयमा अमेरिका र एम्नेस्टी इन्टरनेशनलने पनि आवाज उठाएका छन्। एम्नेस्टीले युरोपेली मुलुकलाई चिनियाँ मानवअधिकारको विषयमा आवाज उठाउन आग्रह गरेको छ। अमेरिकाले पनि मानव अधिकारको विषयमा चीनको कदमको कडा विरोध गरेको थियो। अहिले चीनको युग्युरको विषयमा विश्वका प्रमुख शक्ति राष्ट्रले जोडदार रुपमा आवाज उठाउनु जरुरी छ। अन्यथा मानव अधिकारको विषयमा थप भयावह बन्दै जानसक्ने खतरा देखिएको बेलायती पत्रिका न्यू स्टेट्स्मनमा भनिएको छ