साउन २,काठमाडौँ । अन्तर्राष्ट्रिय अदालत (आइसिजे) ले जासुस आरोपित भारतीय पूर्व नौसैनिक अधिकारी कुलभूषण जाधवलाई सुनाइएको मृत्युदण्डसम्बन्धी फैसलालाई पुरनावलोकन गर्न पाकिस्तानलाई आदेश दिएको छ ।
पाकिस्तानको अशान्त बोलोचिस्तान प्रान्तबाट सन् २०१६ मा नियन्त्रणमा लिइएका भारतीय पूर्व नौसैनिक अधिकारी कुलभूषण जाधवलाई जासुस भन्दै पाकिस्तानको शैनिक अदाललतले सन् २०१७ मा मत्युदण्डको सजाय सुनाएको थियो ।
भारतले उ माथि लागेको आरोप खण्डन गर्दै संयुक्त राष्ट्रसंघको अदालतको ढोका ढक्ढक्याएको थियो ।
जाधवमाथि अन्यायपूर्ण ढंगले मुद्दा चलाइएको भन्दै हस्तक्षेप गर्न भारतले आइसिजेमा निदेवदन दिएको थियो ।
फैसला आएपछि विविसी हिन्दीले लेखेको छ यो पाकिस्तानको लागीअकती लज्जाको विषय हुन सक्छ ? उसले कुलभुषणको मुद्धामा आएको फैसलाले पाकिस्तानको अन्तराष्ट्रिय छवी समेत धुमलिएको बताएको छ । भारतीय राजनितिज्ञ राजिव डोगरा भन्छन–’यो नितान्त पाकिस्तानले अपनाएको हतकण्डा थियो, यो मात्रै प्रपोगण्डा थियो ।’ उनले यो फैसला मानवअधिकारको पक्षमा आएको बताएका छन ।