अवैध राइफलबाट अन्धाधुन्ध गोली प्रहार, बालबालिकासहित तीनजनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ श्रावण १४, मंगलबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

साउन १४, काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियामा एक फुड फेस्टिवलमा भएको अन्धाधुन्ध गोली प्रहारमा मारिने तीनजना मध्ये दुई बालबालिका रहेको पुष्टि भएको छ ।

क्यालिफोर्नियाको गिलरोयमा भएको गार्लिक फुड फेस्टिवलमा नेपाली समय अनुसार सोमबार बिहान बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए ।

मारिनेमा ६ वर्षका बालक र १३ वर्षका बालिका रहेको क्यालिफोर्निया प्रहरीले पुष्टि गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । घटनामा १५ जना घाइते भएका छन् ।

आक्रमणकारीको नाम सान्टिनो विलियम लेगन रहेको प्रहरीले जनाएको छ । १९ वर्षका उनले फेस्टिवलमा अन्धाधुन्ध गोली चलाएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस