समुद्री क्षेत्रबाट इरानले फेरि अर्को तेल ट्यांकर नियन्त्रणमा लियो

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ श्रावण १९, आईतबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

साउन १९, काठमाडौँ । इरानले फेरि अर्को विदेशी ट्यांकरलाई समुद्री क्षेत्रबाट नियन्त्रणमा लिएको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार खाडी क्षेत्रबाट एउटा विदेशी तेल ट्यांकर नियन्त्रणमा लिइएको हो ।

इरानी सेनाका एक कमाण्डरलाई उद्धृत गर्दै समाचार एजेन्सीहरुले जनाएअनुसार इरानको नौसेनाले एउटा विदेशी ट्यांकरलाई फारसको खाडी क्षेत्रबाट कब्जामा लिएको हो । उक्त ट्यांकरमा सात लाख लिटर इन्धन लोड गरिएको बताइएको छ । ट्यांकरमा सवार सात जना चालक दलका सदस्यलाई पनि इरानले नियन्त्रणमा लिएको छ ।

इरानसँगको परमाणु सम्झौताबाट अलग हुँदै अमेरिकाले इरानविरुद्ध कडा आर्थिक नाकाबन्दी गरेपछि इरानले पनि कडा रुपमा प्रस्तुत हुँदै आफ्नो क्षेत्रबाट गुज्रने विदेशी ट्यांकरलाई नियन्त्रणमा लिन थालेको हो ।

यसअघि जुलाइ १३ मा पनामामा दर्ता भएको तेल ट्यांकरलाई इरानले कब्जामा लिएको थियो । अघिल्लो महिनामै इरानले होरमुज खाजीमा एक बेलायती ट्यांकरलाई पनि नियन्त्रणमा लिएको थियो ।

पछिल्लो पटक नियन्त्रणमा लिइएको ट्यांकर कुन देशको हो भन्ने खुलाइएको छैन । (एजेन्सी)

ताजा अपडेट

खोजी गर्नुहोस