साउन २९,काठमाडौँ । संयुक्त राष्ट्रसंघको लागि पाकिस्तानी प्रतिनिधि मलीहा लोधीलाई अमेरिकाको कार्यक्रममा एक व्यक्तिले पाकिस्तानको प्रतिनिधि बन्न लायक नभएको भन्दै कार्यक्रम छाड्न आग्रह गरेका छन्।
ती व्यक्तिले लोधीलाई चोर भन्दै आक्षेप पनि लगाएका छन्। सामाजिक सञ्जालमा फैलिएको एक भिडियोमा उनले आफूलाई पाकिस्तानी भएको दाबी गरेका छन्। उक्त भिडियोमा लोधी सञ्चारकर्मीसँगको कुराकानीमा देखिन्छिन्।
लोधीले कार्यक्रम छाडेर निस्किँदै गर्दा पनि ती व्यक्ति चिच्याउँछन्, ‘विगत १५–२० वर्षसम्म के गरेर बस्यौ ? उनले आफ्नो प्रश्न लोधीलाई भएको पनि बताउँछन्।
रेकर्डिङ नगर्नका लागि गरिएको अनुरोधमा उनले आफूले नियमविपरीत केही नगरेको भन्दै उक्त आग्रह अस्वीकार गरेका छन्। उनले आफू पाकिस्तानी भएको कारण प्रश्न सोध्ने अधिकार रहेको बताएका छन्।
राष्ट्रसंघकी प्रमुख कूटनीतिकले उत्तर दिन अस्वीकार गरेसँगै ती व्यक्तिले पाकिस्तानको प्रतिनिधित्व गर्न लोधी योग्य नरहेको बताएका थिए। यो भिडियोको स्वतन्त्ररुपमा पुष्टि भने हुन सकेको छैन। यस विषयमा पाकिस्तानले भने कुनै प्रतिक्रिया दिएको छैन।
एजेन्सीको सहकार्यमा