जम्मू–कश्मीर मुद्दाबारे संयुक्त राष्ट्र सुरक्षा परिषद बैठकमा छलफल हुने

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ श्रावण ३१, शुक्रबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन ३१, काठमाडौँ । भारतले जम्मू–कश्मीर मुद्दामा अनुच्छेद ३७० हटाएपछि उत्पन्न विवादबारे संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा छलफल हुने भएको छ। शुक्रबार बिहान बस्ने सुरक्षा परिषद बैठकमा यसबारे छलफल हुनेछ ।

यो बैठकमा सदस्य राष्ट्रहरुले आफ्नो विचार राख्नेछन् । यसैबीच विवादित क्षेत्र कश्मीरको नियन्त्रण रेखामा भारत रपाकिस्तानका सैनिकबीच गोली हानाहान भएको छ। पाकिस्तानले नियन्त्रण रेखा नजिक भारतीय पक्षबाट भएको गोली प्रहारबाट तीन पाकिस्तानी सैनिकको ज्यान गएको बताएको छ ।

पाकिस्तानले पाँचजना भारतीय सैनिक समेत मारिएको दाबी गरेको छ । भारतले भने यो दाबी खारेज गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस