दक्षिण कोरियाको वार्ता प्रस्ताव अस्वीकार गर्दै उत्तर कोरियाद्वारा मिसाइल प्रक्षेपण

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ श्रावण ३१, शुक्रबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

साउन ३१, काठमाडौं । उत्तर कोरियाले दक्षिण कोरियासँगको शान्ति वार्ता प्रस्तावलाई अस्वीकार गरेको छ ।

दक्षिण कोरियाकै गतिविधिकै कारण ऊसँग वार्ताको सम्भावना नरहेको उत्तर कोरियाले स्पष्ट पारेको छ । दक्षिण कोरियाको पछिल्ला गतिविधिले वार्ताको वातावरण पूर्णरुपमा नष्ट गरेको उत्तर कोरियाको आरोप छ ।

दक्षिण कोरिया र अमेरिकाले हाल संयुक्त सैन्य अभ्यास गरिरहेका छन् । जसबाट उत्तर कोरिया रुष्ट बनेको छ ।

उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाको यस्तो गतिविधिले वार्ताको वातावरण बिगारेको बताएको छ ।

यसैबीच, उत्तर कोरियाले आज बिहानै दुईवटा मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाले बताएको छ । उत्तर कोरियाले पूर्वी तटीय क्षेत्रबाट समुद्र तर्फ दुईवटा मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाले सेनाले जनाएको छ । पछिल्लो एक महिनामा उत्तर कोरियाले गरेको यो छैटौँ मिसाइल प्रक्षेपण हो ।

उसले ६ दिनअघि छोटो दूरीमा मार हान्न सक्ने दुईवटा ब्यालेस्टिक मिसाइल सी अफ जापानतर्फ प्रहार गरेको थियो । (एजेन्सी)

ताजा अपडेट

खोजी गर्नुहोस