कश्मीरमा टेलिफोन, इन्टरनेट सेवा सुरु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ भाद्र १, आईतबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

भाद्र १, काठमाडौँ । भारत प्रशासित कश्मीरमा झण्डै दुई सातादेखि बन्द गरिएको फोन सेवा र इन्टरनेट सेवा आंशिक रूपमा सुरु गरिएको छ । कश्मीर उपत्यकामा अहिले १७ वटा टेलिफोन एक्सचेन्जमार्फत ‘ल्यान्डलाइन’ सेवा मात्र सञ्चालनमा आएका छन् भने जम्मुका पाँच जिल्लामा ‘टुजी’ सेवा सहितको इन्टरनेट सेवा पनि शुरु गरिएको छ ।

प्रशासनले उक्त क्षेत्रमा विगत १२ दिनदेखि काट्दै आएको सबै टेलिफोन लाइन आइतवार अपरान्ह्बाट पूर्णतया सञ्चालनमा ल्याउने बताएको छ । अगस्ट ५ मा जम्मु–कश्मीरलाई विशेष दर्जा उपलब्ध गराएको अनुच्छे्द ३७० समाप्त गर्ने घोषणा गरिएसँगै सम्पूर्ण सञ्चार सञ्जाल काटिएकोे थियो ।

जम्मु कश्मीरका प्रहरी प्रमुख दिलबाग सिंहले भने, ‘बिहानैदेखि उपत्यकाका प्रहरी स्टेशन भएका क्षेत्रमा प्रतिबन्धलाई खुकुलो बनाइएको छ । यहाँ विगत केही दिनदेखि अवरुद्ध केही सञ्चार सेवा सञ्चालनमा ल्याइसकिएको छ भने केही आइतबार साँझसम्म सञ्चालनमा आउनेछन् ।’ सिंहका अनुसार आइतवार साँझबाट संवेदनशील क्षेत्रहरूमा बाहेक सबै ठाउँमा टेलिफोन एक्सेन्जले काम गर्न थाल्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस