जी–७ को बैठकमा अचानक इरानी विदेशमन्त्री पुगेपछि…

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ भाद्र ९, सोमबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

भाद्र ९, काठमाडौं । इरानका विदेशमन्त्री फ्रान्समा जारी जी–७ को शिखर सम्मेलनमा अचानक पुगेका छन् ।

विश्वका ठूलो अर्थतन्त्र भएका सात राष्ट्रको सो सम्मेलनमा इरानका विदेशमन्त्री जावेद जरिफ सहभागी भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहितका नेताहरू आश्चर्यचकित भएका छन् ।

अमेरिका र इरानबीच तनाव चुलिएका बेला जरिफले राष्ट्रपति ट्रम्प सहभागी भएकै सम्मेलनमा सहभागिता जनाएका हुन्। जरिफले सामाजिक सञ्जाल ट्विटरमार्फत फ्रान्सका समकक्षी र राष्ट्रपति दुवैसँग आफ्ना रचनात्मक वार्ता भएको बताएका छन् ।

उनले ट्विटरमै आफूले जर्मनी र बेलायतका अधिकारीहरूसँग पनि संक्षिप्त भेटघाट गरेको उल्लेख गरेका छन् ।

जरिफले फ्रान्सका राष्ट्रपति एम्यानुअल माक्रोँसँग सम्मेलनको पूर्वसन्ध्यामा शुक्रवार पेरिसमा भेट गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस