माघ ८, काठमाण्डौ । अमेरिकामा हरेक १० वर्षमा हुँदै आएको जनगणना सुरु भएको छ । जनगणना २०२० को सुरुवात अलास्का राज्यको तटीय ग्रामीण क्षेत्र टोक्सूक बेबाट जनगणना सुरु भएको हो ।
अमेरिकी जनगणना व्यूरोका प्रमुख स्टिभन डिलिङ्घमले टोक्सूक बेका आदिबासी नेता ९० वर्षका लिजी चिमिएक नेन्गुरिअरलाई भेटेर जनगणनाको औपचारिक सुरुवात गरेका हुन् ।