भारतमा वामपन्थी नेता कन्हैया कुमार पक्राउ

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ माघ १६, बिहिबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

माघ १६, नयाँदिल्ली । वामपन्थी नेता तथा जेएनयू विद्यार्थी संघका पूर्वअध्यक्ष कन्हैया कुमारलाई बिहारको चम्पारणबाट प्रहरीले नियन्त्रणका लिएको छ । आफ्ना समर्थकसहित बिहीबार भितिहरवाको गान्धी स्मारण संग्रहालतर्फ गइरहेका समयमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ट्विटरमार्फत कन्हैया कुमारले जानकारी दिएका छन् ।

उनले ट्विटरमा लेखेका छन्, आज बापू धाम चम्पारणबाट गान्धीजीलाई नमन गरेर गरिब विरोधी नागरिकता संशोधन कानुन र राष्ट्रिय नागरिकता पञ्‍जीकरणको विरोधका लागि एक महिनाको जन गणमन यात्रा सुरु हुँदै थियो । विभिन्‍न क्षेत्रका मानिसहरु यस यात्रामा सामेल हुन उपस्थित हुँदै थिए । तर, प्रशासनले केही समयअघि सबैलाई हिरासतमा लिएको छ ।

हिरासतमा लिएपछि कन्हैया कुमारले भने, अब मुलुकमा र्‍याली गर्न पनि सरकारको अनुमति लिनुपर्ने भयो । अब श्वास फेर्न पनि सरकारको अनुमति चाहिने स्थिति सिर्जना गरिएको छ । प्रहरीले हामीलाई हिरासतमा लिइएको बताएको छ । हामीलाई नागरिकता सावित गर्ने प्रमाण मागिएको छ । प्रहरी भने हामीले हिरासतमा लिन पक्राउ पुर्जी देखाउन मानिरहेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस