माघ २०, काठमाण्डौ । भारतको लोकप्रिय रेडियो बीबीसी हिन्दी सेवा बन्द भएको छ । जनवरी ३१ तारिखमा अन्तिम कार्यक्रम गर्दै रेडियो बन्द भएको हो । सन् १९४० को मे ११ तारिखमा सुरु भएको यो रेडियोलाई एक वर्ष अघिदेखि नै बन्द गर्ने प्रक्रिया सुरु भएको थियो ।
रेडियोको लोकप्रियता र सुन्ने स्रोताको संख्या घट्दै गएकाले रेडियो बन्द गर्नु परेको बीबीसीले जनाएको छ । रेडियो बन्द भए पनि अनलाइन सेवा भने यथावत रहने खबरमा उल्लेख गरेको छ । दोस्रो विश्वयुद्धताका स्थापना भएको बीबीसी रेडियोको प्रसारण ऐतिहासिक रहेको पनि खबरमा उल्लेख गरिएको छ । संकटकाल र कुनै घटनामा बीबीसी रेडियोले प्रसारण गरेको खबरलाई आधिकारिक मान्ने गरिन्थ्यो ।